Menu
Programs
Activities
Press Release
Publications
Articles
Photo Gallery
upcoming events
» New Events Posted.
publications
¤ Booklet Food Sovereignty
¤ Food Sovereignty
Articles
¤ वर्तमान परिस्थितिमा किसान आन्दोलनको दिशा
¤ Agrarian Reforms and livelihood Security
¤ World Trade Organization in different perspective
¤ Rice and Peasant of South Asia
¤ नेपाली महिला कृषक र कृषि अर्थतन्त्र
PRESS RELEASE

खाद्य सम्प्रभूता, कृषि क्रान्ति र किसान अधिकार सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन

खाद्य सम्प्रभूता, कृषि क्रान्ति र किसान अधिकार सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन एक समारोह बीच परराष्ट्र मन्त्री एवं कार्यक्रमकी प्रमुख अथिति सहाना प्रधानले कृषि व्यवसायीको प्रतिनिधि गर्ने माटो, बिउबिजन र पानीको संयुक्त प्रयोगबाट उद्घाटन गरी भव्य रूपमा सम्पन्न भयो । उक्त कार्यक्रममा युरोप, अमेरिका, अप्रिmका र एशियाका विभिन्न सोह्र मुलुकका प्रतिनिधिहरूले भाग लिनु भएको छ । कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्मा, वन तथा स्थानीय विकास मन्त्री देव गुरुङ्ग, अन्तराष्ट्रिय कृषि कोष -आईफाड) का प्रमुख बासु बाबु अर्याल, अखिल नेपाल किसान महासंघ, नेपाल किसान संघ -प्र), अखिल नेपाल किसान संघ, अखिल नेपाल किसान संघ -क्रान्तिकारी), जल उपभोक्ता महासंघ, साना किसान सहकारी संघ, दुग्ध विकास सहकारी संघ, उपभोक्ता महासंघ आदिको सक्रिय सहभागिता रहेको उद्घाटन समारोहको अध्यक्षता अखिल नेपाल किसान महासंघका अध्यक्ष क. वामदेव गौतमले गर्नुभयो ।

उक्त समारोह उद्घाटन मनतब्य व्यक्त गर्दै परराष्ट्र मन्त्री सहाना प्रधानले भन्नुभयो -"किसान हक अधिकारको लागि र सबैको खान पाउने अधिकारको सुरक्षणको लागि विश्वव्यापी रूपमा चलाएइको खाद्य सम्प्रभूताको अभियानको सफलताको शुभकामना व्यक्त गर्दछु । नेपालको अन्तरिम संविधानमा खाद्य सम्प्रभूता मौलिक अधिकारको रूपमा रहेको पर्रि्रेक्षमा यसको लागि कानुन तथा अन्य आवश्यक वस्तुस्थिति तयार गर्न यो अन्तराष्ट्रिय सम्मेलन र यसमा भाग लिन आउनु भएका विदेशी पाहुनाहरूको अनुभव उपयोगी हुने आशा गर्दछु ।"

समारोहका सभापति एवं पूर्व उप-प्रधानमन्त्री वामदेव गौतमले नेपालमा खाद्य सम्प्रभूताको आन्दोलन निरंकुश राजतन्त्र र सामन्ती संस्कार विरुद्धको नेपाली किसानले छ दशकदेखि गरेको आन्दोलनसँग ऐक्यबद्धता कायम गर्दै अगाडि बढेकाले नवउदारवाद, साम्राज्यवाद, ध्त्इ, विश्व बैंक आदि बाट हुनसक्ने जस्तोसुकै बाँधा अप्ठारा आईपरे पनि नेपालमा खाद्य सम्प्रभूताको अधिकार स्थापित हुने कुरामा जोड दिनु भयो ।

समारोहका अर्का वक्ता स्थानीय विकास तथा वन मन्त्री देव गुरुङ्गले खाद्य सम्प्रभूताले तथा किसान आन्दोलनको विजय सुनिश्चित रहेको तथ्य उल्लेख गर्दै आगामि संविधान सभा मार्फ यो अधिकार सुनिश्चित गर्न अपिल गर्नभयो । त्यस्तै कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले किसान हक अधिकार स्थापित गर्ने, खाद्य सम्प्रभूताको अधिकार नेपालमा स्थापित गर्न प्रतिबद्धता जाहेर गर्नुभयो ।

विदेशी वक्ताहरूमा लाभिया क्याम्पेसिनाका सचिव हेनरी सरागी, पान अन्तराष्ट्रियकी सरोजनी रंगम मलेशिया, एम एस टी बाज्रीलकी अन्ना मरीम, मालि अप्रिmकाका प्रतिनिधि इब्राहिम कोलिबाली, प|mान्सका जोशेबाभो, फिलिपिन्स किसान संघका अध्यक्ष एवं सांसद रफाइल मरियानो आदि हुनुहुन्थ्यो । उहाँहरूले नेपालको अन्तरिम संविधानमा खाद्य सम्प्रभूताको अधिकार स्थापित भएकोमा खुशि व्यक्त गर्दै कानुन निर्माण गरी यसको प्रयोग गर्न आ-आप\mना अनुभवहरूबाट सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

समारोहमा अनेकिसंघ -क्रा.) का महासचिव चित्र बहादुर श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने अनेकिसंघका अध्यक्ष भिम प्रसाद गौतमले कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । नेपाल किसान संघ -प्र) का अध्यक्ष टुकनाथ शर्माले धन्यवाद मन्तव्य दिनुभएको थियो भने कोयक्रमको उद्घोषण अखिल नेपाल किसान महासंघका महासचिव प्रेम दंगाल गर्नुभएको थियो । उद्घाटन समारोह पश्चात बन्द सत्र अहिले सञ्चालन भईरहेकोछ । त्यहाँ नवउदारवादी आर्थिक नीतिको विकल्प - खाद्य सम्प्रभूता, भूमिसुधार तथा कृषि क्रान्ति र प्राकृतिक स्रोत साधनमाथि पहुँच र नियन्त्रण, किसानका समस्याहरू र समाधानका उपायहरू तथा संघीय लोकतान्त्रिक गणतन्त्तमा किसान जनताका अधिकारहरू बारेमा छलफल भईरहेकोछ ।

नेपाल किसान मञ्च र लाभिया क्याम्पेसिना
आयोजक सचिवालय
१२ भाद्र २०६४
काठमाडौं

Press Release
  • Cora Prasants' Tribunal on Saving The Rice of Nepal
  • KATHMANDU DECLARATION ON CLIMATE CRISIS

  • Check Email
    E-mail:
    Password:
    Home | Network | Background | Objectives | Articles | Contact | Site Map
    Copyright @ 2008.All Nepal Peasants' Federation (ANPFa). All Rights Reserved. Powered By: