यही २०६४ साल वैसाख १३, १४ र १५ गते पर्यटकीय शहर पोखरामा नेपाली किसानहरुको प्रथम महासम्मेलन हुन गैरहेको छ । यो महासम्मेलनबाट अखिल नेपाल किसान संघ २० वटा विषयगत उत्पादक किसान संगठनहरुको छाता संगठन "महासंघ" मा रुपान्तरण हुनेछ । यसले नेपाली किसान र कृषि उत्पादनलाई २१ औं शताब्दीको विज्ञान र प्रविधि अनुरुप नया" ऐतिहासिक स्वरुप प्रदान गर्न महत्वपूर्ण योगदान गर्नेछ । महासम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्ने काममा सम्पूर्ण न्यायप्रेमी जनसमुदाय र नयां नेपाल निर्माणमा सम्लग्न सबै संघसंस्था, समूह एवं व्यक्ति तथा सम्पूर्ण नेपाली किसान र शुभचिन्तकहरुलाई सहयोग गरिदिनु हुन हार्दिक आहृवान गर्दछु ।